मिनाक्क्षी राई , ११ पटक हेरिएको
खोटाङ, ११ वैशाख । खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित भएका छन्। नौ महिने सैन्य आधार तालिम पूरा गरका सैनिकहरु दीक्षित भएका हुन्। गणमा २०८२ असार २ गतेदेखि २०८३ बैशाख ११ गतेसम्म सैन्य आधार तालिम सञ्चालन भएको थियो।
बैशाख ११ गते नम्बर १८ वाहिनीपति, सहायक रथी बिमल कुमार बस्नेत सामू अन्तिम दलेल कवाज प्रदर्शन गरेर ९४ जना सैन्य, सिपाही दर्जामा नियुक्ति भएको गणका गणपति, प्रमुख सेनानी केदारप्रसाद लामिछानेले बताउनुभएको छ ।
दलेल कवाज प्रदर्शनसँगै तालिम अवधिभर सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा सर्वोत्कृष्ट भएका सैन्य, ढकेन्द्रराज बुर्जा मगरलाई सहायक रथी बस्नेतले पुरस्कार स्वरुप खुकुरी प्रदान गर्नुभएको छ ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै सहायक रथी बस्नेतले मातृभूमि र जनताप्रति समर्पित हुने दृढ संकल्पसहित कठिन तालिम पश्चात सैन्यबाट सिपाही दर्जामा नियुक्ति हुन सफल भएकोमा दिक्षित सैनिकहरुलाई बधाई ज्ञापन गर्नुभएको छ ।
त्यस्तै उहाँले नवनियुक्त सिपाहीहरुलाई सैनिक आचारण, चेन अफ कमाण्ड र अनुशासनको दायरामा रही सदैव आफ्नो जिम्मेवारी तथा दायित्वप्रति सजग र कर्तव्यनिष्ठ रहन निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति: २०२६-०४-२४ , समय : १७:०४:३९ , २ घन्टा अगाडि