प्रशान्त निराैला , ११ पटक हेरिएको
काठमान्डाै ९ बैशाख । कम्युनिष्ट नेताहरूले पछिल्लो निर्वाचनले ठूलो धक्का दिएको स्वीकार्दै पुनर्गठनमार्फत फेरि उठ्ने बताएका छन्। पुष्पकमल दाहाल ले महाधिवेशन, युवा नेतृत्व र आत्मसमीक्षामार्फत पार्टी सुधार गर्ने बताए भने माधवकुमार नेपाल ले आन्दोलन गम्भीर संकटमा रहेको भन्दै समग्र समीक्षा आवश्यक रहेको बताए।
त्यस्तै, एमाले नेताहरूले कमजोरी सच्याएर जनतामुखी भएर अघि बढ्ने बताएका छन्। विष्णु पौडेल ले “धक्का चानचुने छैन, तर हामी उठ्छौँ” भन्दै पार्टी पुनः बलियो बन्ने दाबी गरे।
प्रकाशित मिति: २०२६-०४-२२ , समय : १९:५६:३५ , ४ घन्टा अगाडि