वारंगीमा अब कक्षा ११ र १२ सञ्चालन हुने

प्रशान्त निराैला , ५०  पटक हेरिएको

लेटाङ, ८ बैशाख । लेटाङ नगरपालिकाको विकट क्षेत्र वडा नं. ७ वारंगीमा आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा ११ र १२ सञ्चालन हुने भएको छ। लामो समयदेखि माध्यमिक तहपछिको अध्ययनका लागि बाहिर जान बाध्य रहेका स्थानीय विद्यार्थीका लागि यो निर्णय निकै महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यो ठाउँमा १२ सम्म अध्यापन हुने भएपछि वारंगी लगायत आसपासका क्षेत्रका विद्यार्थीलाई आफ्नै गाउँमा उच्च माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछ। शैक्षिक पहुँच विस्तारसँगै अभिभावकको आर्थिक भार घट्ने र विद्यार्थीको निरन्तर अध्ययनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कक्षा ११ र १२ सञ्चालनका लागि पहल गर्नुहुने वडाध्यक्ष खगेन्द्र लिम्बू, प्रधानाध्यापक फम मगर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय अभिभावकहरूप्रति स्थानीयले आभार व्यक्त गरेका छन्। साथै, यस अभियानलाई सफल बनाउन आफूहरू पनि सक्दो सहयोग गर्न तयार रहेको स्थानीय समुदायले जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-२१ , समय : १८:५९:२९ , २ घन्टा अगाडि