हिमाल जोगाउन गोक्योमा अन्तर्राष्ट्रिय जलवायु समिट २०२६

ईनेपालपत्र संबाददाता , २९  पटक हेरिएको

साेलु ४ बैशाख । सोलुखुम्बुको प्रसिद्ध पर्यटकीय क्षेत्र Gokyo मा “गोक्यो क्लाइमेट समिट २०२६” आयोजना हुने भएको छ। Sathsathai ले World Earth Day को अवसर पारेर आयोजना गर्न लागेको यस समिटले जलवायु परिवर्तनका गम्भीर चुनौतीहरूबारे गहिरो बहस गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा हिमाली क्षेत्रको संरक्षण र दिगोपनालाई केन्द्रमा राखेर विविध गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।

समिटमा हिमनदी पग्लिने समस्या, हिमालमा देखिँदै गएको जलवायु परिवर्तनको प्रभाव तथा स्थानीय जनजीवनमा परेको असरबारे विशेष छलफल हुनेछ। साथै दिगो पर्यटन र वातावरण संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, युवा तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहनेछ। विज्ञान, पर्यटन, पत्रकारिता, शिक्षा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्नो अनुभव र दृष्टिकोण राख्दै जलवायु परिवर्तनलाई बहुआयामिक रूपमा बुझ्ने प्रयास गरिनेछ।

यस समिटले हिमाल जोगाउने सन्देश फैलाउँदै वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गर्ने लक्ष्य राखेको छ। विविध क्षेत्रका ज्ञान र अनुभवको आदान–प्रदानमार्फत व्यवहारिक समाधान खोज्ने अपेक्षा गरिएको प्रजिता कार्कीले बताउनुभयो। गोक्यो क्लाइमेट समिट २०२६ केवल कार्यक्रम मात्र नभई पृथ्वी बचाउने साझा अभियानका रूपमा अघि बढ्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-१७ , समय : ११:५५:०० , २ घन्टा अगाडि