जन्मदिने आमालाई सम्मान गर्दै आज मातातीर्थ औंसी पर्व मनाइँदै

ईनेपालपत्र संबाददाता , ४१  पटक हेरिएको

काठमाडौं, ४ बैशाख। जन्मदिने आमालाई सम्मान गरेर शुक्रबार मातातीर्थ औंसी एवं आमाको मुख हेर्ने पर्व देशैभरी मनाइँदैछ ।

आमालाई शुक्रबार मीठा मीठा खानेकुरा खान दिने तथा उपहार दिन चलन पनि रहेको हो । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले शुक्रबार बिहानै आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन रहेको हो ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पीण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लागेको हो।

प्रकाशित मिति: २०२६-०४-१७ , समय : १०:३४:५८ , २ घन्टा अगाडि