दुर्घटनामा एकको मृत्यु

Enepal Patra Pvt. Ltd. , ८३९  पटक हेरिएको

बेलबारी, ३ माघ। मोरङको बेलवारी – ११ लक्ष्मीमार्गस्थित चिसाङ भाङबारी पुलमा शुक्रबार बिहान भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बिहान ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापा दमक १ का २५ बर्षीय हरिबहादुर बिक र पछाडि सवार रहेका कानेपोखरी गाउँपालिका २ का २८ बर्षीय प्रेम दर्जी घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा प्रेम दर्जीको बिहान ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएकाे छ ।

प्रकाशित मिति: २०२०-०१-१७ , समय : १९:५२:२८ , ४ वर्ष अगाडि