प्रशान्त निराैला , १२ पटक हेरिएको
काठमाडाैं, ३ बैशाख । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गर्दै समितिको नेतृत्व काँग्रेसलाई दिने जनाएको हो ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले विभिन्न संसदीय समितिहरूमा आफ्ना उम्मेदवारसमेत तय गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, अर्थ समितिमा कृष्णहरी बुढाथोकी, कानून तथा मानव अधिकार समितिमा समिक्षा बास्कोटा लगायतलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
यसैगरी अन्य समितिहरूमा पनि दलले उम्मेदवार टुंग्याउँदै संसदीय गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०४-१६ , समय : १८:४७:१६ , २ घन्टा अगाडि