इनेपालपत्र , १० पटक हेरिएको
झापा, १४ चैत। झापाको दमक नगरपालिका–८ सेतुमारी रोडमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
आज बिहान करिब ८स्०० बजे दमक–८ बस्ने २८ वर्षीय निरोज साह आफ्नै किराना पसलबाट पूर्वपट्टि रहेको आफ्नो तीनतले घरमा ऋऋत्ख् क्यामेराको तार तान्ने क्रममा दुर्घटना भएको हो।
प्रहरीका अनुसार सो क्रममा साहले तानेको तार सोही स्थानमा रहेको विद्युतको हाइटेन्सन लाइनमा लाग्दा विद्युत सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल लगिएको थियो।
उपचारको क्रममा बिहान ९स्२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। त्यसपछि शवलाई पोष्टमार्टमका लागि ९स्४५ बजे दमक–१ स्थित दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : १३:११:२७ , २ घन्टा अगाडि