केपी ओलीलाई स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने

ईनेपालपत्र , ४०  पटक हेरिएको

 

काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने भएको छ ।

पक्राउ परेपछिओलीलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं प्रहरी परिसरबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

परीक्षणपछि पनि उनलाई सोही अस्पतालमै राखिने प्रहरीले जनाएको छ । ओली नियमित रूपमा आफ्नो औषधि सेवन गर्दै आएका छन् । उनी आज बिहान गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पक्राउ परेका थिए ।

प्रकाशित मिति: २०२६-०३-२८ , समय : १३:०३:४९ , २ घन्टा अगाडि