प्रशान्त निराैला , २० पटक हेरिएको
विराटनगर, चैत १४ गते । झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी तथा गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक–फरक स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–६ बाट भारत ठाकुरगंजका ३७ वर्षीय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र–८ शुक्रबारेमा द्यघडीद्दढटद्द नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा चालक देवानगञ्ज–१ का २३ वर्षीय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी उदयपुरको त्रियुगा–६ लालपत्ता चोकमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा–९ का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र निड्राजेपाम ५४० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका सबै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : १२:४९:१६ , २ दिन अगाडि