लेटाङमा ‘युवासँग प्रहरी’ कार्यक्रम सम्पन्न

प्रशान्त निराैला , २१  पटक हेरिएको

लेटाङ १ चैत २०८२ । प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले ‘युवासँग प्रहरी’ कार्यक्रम सम्पन्न भएको छ। प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो तथा पीडितमैत्री बनाउने लक्ष्यसहित “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा नेपाल प्रहरीको सेवा प्रवाह, स्थानीय शान्ति–सुरक्षा अवस्था, लागूऔषध नियन्त्रण, ट्राफिक सचेतना तथा समाज निर्माणमा युवाहरूको भूमिका लगायतका विषयमा खुला तथा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागी युवाहरूले आफ्नो भोगाइ, समस्या, जिज्ञासा, सुझाव र गुनासाहरू खुलेर राखेका थिए।
उठेका प्रश्न तथा चासोबारे इलाका प्रहरी कार्यालय लेटाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहले स्पष्ट जवाफ दिँदै युवाहरूका सरोकारलाई सम्बोधन गर्नुभएको थियो। उहाँले समाजमा बढ्दो लागूऔषध समस्या, दुर्घटना न्यूनीकरण र अपराध नियन्त्रणका लागि युवाहरूको सकारात्मक सहभागिता अत्यन्त आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा वडा नं. ५ का युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२६-०३-१६ , समय : १०:१७:२२ , २ दिन अगाडि