प्रशान्त निराैला , ४ पटक हेरिएको
काठमाडौं, ३० फागुन। इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन् ।
शुक्रबारको ड्रोन आक्रमणमा परेर नुवाकोट ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
स्रोतका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई शनिबार बिहान डिस्चार्ज गर्ने तयारी छ ।
उनी आफ्नै कोठामा बसिरहेको बेलामा इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेको थियो । शुक्रबार ओमानमै इरानी आक्रमणमा परेर ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०२६-०३-१४ , समय : ०८:३५:३८ , २ घन्टा अगाडि