यूएई बस दुर्घटना : १ नेपालीको मृत्यु भएको पुष्टी, २ को सनाखत हुन बाँकी

१३ जनाको अस्पतालमा उपचार हुँदै (घाइतेहरुको सूचीसहित)

Enepal Patra Pvt. Ltd. , ५३९  पटक हेरिएको

काठमान्डाै, ३ माघ ।  यूएई को आबुधाबीमा बिहीबार राती भएको मिनिबस दुर्घटनामा परि ३ जना नेपालीको मृत्यु भएको अनुमान गरिएको छ । दुबईस्थित श्रम सहचारी भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा १ नेपालीको मृत्यु भइसकेको पुष्टी भएको छ भने अस्पतालमा रहेको ३ वटा शवमध्ये एक वा दुई वटा नेपालीको शव हुनसक्ने दुबई प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारीको पुष्टी भइसकेको छ भने अन्य दुई जना नेपाली हराइरहेका छन् । हराइरहेका नेपालीमध्ये प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिषा मोक्तान तामाङ रहेको बताइएको छ ।

यता अबुधाबीको अस्पतालमा ३ वटा शव रहेको छ । शवको सनाखत नभएको कारण यी ३ जनामध्ये कति जना नेपाली छन् यकिन भएको छैन । दुबई प्रहरीको हवाला दिँदै श्रम सहचारी कार्कीले ३ वटा शवमध्ये दुई शव नेपाली महिलाको हुनसक्ने बताए ।

२५ जना सवार बसमा १७ जना नेपाली महिला रहेका थिए । दुर्घटनामा बस चालक पाकिस्तानी नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

घाइते भएका नेपालीमध्ये १४ जनाको पहिचान खुलिसकेको छ ।

यूएईको एमबीएम नामक सरसफाइसम्बन्धी काम गर्ने कम्पनीमा कार्यरत महिलाहरु बोकेको मिनिबस स्थानीय सहयअनुसार बिहीबार बिहान लरीसँग ठोक्किएको थियो । तीब्रगतिमा रहेको मिनिबस लरीमा ठोक्किएपछि बसको अगाडिको भागमा रहेका चालकसहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बस चालक र एक पाकिस्तानी तथा एक अफ्रिकी मुलकी महिलाको पहिचान खुलिसकेको छ । बाँकी ३ शवको भने अझै सनाखत हुन सकेको छैन ।

यस्तो छ घाइतेको विवरण :

दुर्घटनामा घाइते भएका १४ जना नेपालीको पहिचान खुलेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

खालिफा सिटीमा रहेको एनएमसी अस्तालमा उपचाररत नेपालीहरु स्

माया तामाङ, सिन्धुपाल्चोक

तुलसा थापा, झापा

सरिता थापा, सिन्धुपाल्चोक

सीता सुब्बा, इलाम

पवित्रा तामाङ, झापा

त्यस्तै आबुधाबीको मार्फक अस्पतालमा उपचाररत नेपालीहरु

रिता सिवाकोटी, मकवानपुर पालुङ

कमला नेपाली, चापागाउँ ललितपुर

मुना राना, खुदुनाबारी झापा

सुजला विश्वकर्मा  (ठेगाना नखुलेको)

आशा घर्ती, दाङ

निर्मला प्रजा, चितवन (डिस्चार्ज भइसकेको)

अल रहा अस्पतालमा उपचाररत नेपालीहरु :

मिना थिङ, हेटौंडा मकवानपुर

सरिता तामाङ, नुवाकोट (गम्भीर घाइते)

वर्षा विक, धरान सुनसरी

स्थानीय समयअनुसार बिहीबार बिहान ५ बजे कम्पनीका कर्मचारी बोकेको मिनीबस लरीसँग ठोक्किएको थियो । सडकमा गुडिरहेको लरीको ठीक अगाडि रहेको एउटा कारले बाटो पत्ता लगाउन नसकेर अलमलिएपछि रोकिएको लरीमा तीब्र गतिमा रहेको मिनीबस ठोक्किएको थियो ।

घाइतेको अवस्था बुझ्न दूतावासको टोली अस्पतालमा

घाइतेहरुको उपचार तथा मृतक नेपाली महिलाहरुको बारेमा बुझ्न र कानुनी प्रक्रिया पूरा गर्न दूतावासका उच्चपदस्थ कर्मचारी अस्पतालमा पुगेका छन् । घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न समेत अस्पताल र प्रहरी प्रशासनसँग समन्वय गरिएको श्रम सहचारी कार्कीले बताउनुभयाे । (राताेपाटी)

प्रकाशित मिति: २०२०-०१-१७ , समय : १४:४८:१७ , ४ वर्ष अगाडि