प्याव्सन लेटाङद्वारा प्रीएसइइ परीक्षा सुरु, ११ विद्यालयका २ सय २६ विद्यार्थी सहभागी

प्रशान्त निराैला , ४  पटक हेरिएको

लेटाङ, २२ माघ। आगामी चैत्र १९ गतेदेखि सुरु हुन गइरहेको एसइइ परीक्षाको तयारी स्वरुप प्याव्सन लेटाङले प्रीएसइइ परीक्षा सुरु गरेको छ ।
प्याव्सन लेटाङको व्यवस्थापनमा प्याव्सनमा आवद्ध ११ वटा सँस्थागत माध्यमिक विद्यालयले एसइइ परीक्षाको तयारी स्वरुप कक्षा १० का विद्यार्थीहरुका लागि प्रीएसइइ परीक्षा सञ्चालन गरेका हुन् ।
लेटाङ ४ स्थित ग्रीनभ्याली एकेडेमीलाई परीक्षा केन्द्र निर्धारण गरि प्याव्सन लेटाङले एसइइ कै झल्को दिने गरि परीक्षा सञ्चालन गरेको हो ।
परीक्षामा लेटाङका ११ वटा सँस्थागत माविका २ सय २६ जना विद्यार्थी सहभागी भएको प्याव्सन लेटाङका सचिव खगेन्द्र कार्कीले जानकारी दिनुभयो । आजदेखि सुरु भएको परीक्षा माघ २९ गतेसम्म सञ्चालन हुनेछ । हेर्नुहोस् तस्विरहरु :

प्रकाशित मिति: २०२६-०२-०५ , समय : २०:०४:१४ , ३ घन्टा अगाडि