प्रशान्त निराैला , ५ पटक हेरिएको
माेरङ २७ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरेमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो।
स्थानीयवासीका अनुसार घिमिरे बिहान करिब ५ बजे दूध बेच्न घरबाट निस्कँदै गर्दा हात्तीको सामना भएको थियो। एक्कासि आक्रमण भएपछि उहाँको तत्कालै मृत्यु भएको बताइएको छ।
पछिल्लो समय बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै गएको स्थानीयको भनाइ छ। घटना घटाएपछि हात्तीको हुल खोरसाने हुँदै जंगलतर्फ फर्किएको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: २०२५-१२-१३ , समय : ०८:५०:५२ , ४ घन्टा अगाडि