फुसका छाना हटाउदै रोङ गाउपालिका

Enepal Patra Pvt. Ltd. , ८६८  पटक हेरिएको

रोङ २ माघ ।  रोङ गाउपालिकाले सर्बसाधारण नागरिकहरुले बासका लागि बनाएको घरको फुस्को छानो हटाने अभियान संचालन गर्ने भएको छ । आम नागरिकहरुको बासको सुरक्षा र गरिबिलाइ घटाउन गाउपालिकाले संचालन गर्ने गो अभियान यस बर्ष वडा नं ६ बाट थालिने भएको हो ।
चालु बर्षमा यो अभियान संचालन गर्न रोङ गाउपालिकाको गतट मंसिर १६ गते बसेको बिशेष गाउसभाले वडा नं ६ को लागि ५ लाख रुपैया बिनियोजन गरेको थियो ।
कसैले शोखले बनाएको फस्को छानो हटाउने हैन तर जस्तापाता किन नसकेर बाध्यताले बासको लागिबनाइएको फुस्को छानो हटाउन लागिएको गाउपालिकाका अध्यक्ष समसेर राइले बताए ।
अहिले वडा नं ६ मा यस्ता घरहरु कति छन भनेर बिबरण संकलन गर्ने काम भइरहेको छ बास्तबिक बिबरण आएपछि कति जस्ता पाता आवश्यक पर्छ र कसरी सहयोग गर्ने भनने निर्णय गरेर कार्यक्रम लैजाने र आफ्नो वडामा समयमा नै कार्य सम्पन्न गरि फुस्को छानाा मुक्त वडा बनाउने वडा नं ६ का वडाध्यक्ष मनि कुमार स्याङ्बो सुवासले बताए ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १२:४२:१३ , ४ वर्ष अगाडि