मोटरसाईकलको ठक्करबाट बृद्दको मृत्यु

Enepal Patra Pvt. Ltd. , ७५३  पटक हेरिएको

मोरङ,२ माघ । माेरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहा स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट बृद्दको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलले स्थानीय बर्ष ७० को छेतधर्नु खाँ थारुलाई बाटोमा पैदल हिडीरहेको अवस्थामा ठक्कर दिएर घाईते बनाएको थियो । घाईते उनको उपचारको क्रममा बिराट मेडिकल अस्पताल टंकीमा साझँ ६ बजेको समयमा मृत्यु भएको थीयो। ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक मोरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहा बस्ने बर्ष २३ को अक्ष्य कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १२:२६:०२ , ४ वर्ष अगाडि