पथरीशनिश्चरे-४ मा सार्वजनिक धारा जडान सम्पन्न, विपन्न वर्गलाई राहत

निशा दाहाल , ९२  पटक हेरिएको

पथरीशनिश्चरे, २२ असार । पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले वडा भित्रका शुक्रबारे, शान्ति चोक र सन्करे डाँडामा खानेपानीको धारा जडानको काम सम्पन्न गरेको छ।

वडा अध्यक्ष लोककिरण न्यौपानेका अनुसार घरमा धारा जडान गर्न नसक्ने आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका परिवारलाई यो योजनाबाट ठूलो राहत पुगेको छ। सार्वजनिक स्थलहरूमा जडान गरिएको धारा प्रयोग गरी स्थानीयले सहज रूपमा शुद्ध पिउने पानी उपयोग गर्न सक्ने भएका छन्।

“विपन्न नागरिकहरूको पहुँचमा शुद्ध पिउने पानी पुर्‍याउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष न्यौपानेले बताउनुभयो, “यसले उनीहरूको दैनिक जीवनलाई सजिलो बनाउनेछ।”

स्थानीयवासीहरूले पनि धारा जडान भएपछि पानीको समस्या हल भएको भन्दै खुसी व्यक्त गरेका छन्। वडाले आगामी दिनमा यस्ता सामाजिक र जनोपयोगी योजनालाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-०६ , समय : १४:४५:०९ , ८ घन्टा अगाडि