प्रशान्त निराैला , १४ पटक हेरिएको

लेटाङ, १७ जेठ। मोरङको लेटाङ नगरपालिका–८ स्थित तेलिखोलामा एक अपरिचित पुरुषको शव फेला परेको छ। आज बिहान खोलाले बगाएर आएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रारम्भिक अनुमान अनुसार, मृतकको उमेर करिब ५० वर्षको आसपास रहेको छ र मधेसी समुदायका व्यक्ति जस्तो देखिएको जनाइएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रहरीले मृतकको पहिचान खुल्ने प्रयास भइरहेको जनाउँदै शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारी पठाउने तयारी भइरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: २०२५-०५-३१ , समय : ०९:०६:१५ , २ दिन अगाडि