नेविसङ्घका पूर्व नेताहरू पार्टीको सुदृढीकरण अभियानमा

Enepal Patra Pvt. Ltd. , १४४७  पटक हेरिएको

मोरङ ,२९ पुस । मातृ पार्टीमा देखिएको अन्तर बिरोध, गुटबन्दी र भागवण्डाको राजनीतिलाई अन्त्य गर्न नेपाल विद्यार्थी सङ्घका नेताहरूले माघ ११ गते बिशेष छलफल कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
नेपाली कांग्रेसको सुदृढीकरण र सुद्धिकरणका लागि हाम्रो अभियान भन्ने नाराका साथ हुने कार्यक्रममा २०४६ पछिका नेविसङ्घ नेताहरू र कार्यकर्ताहरूको उल्लेखय सहभागिता हुनेछ । कार्यक्रम संयोजक विमल संग्रौलाले भन्नुभयो – खासगरी मोरङ नेविसङ्घका पूर्व नेताहरूले पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नु पर्ने मागलाई बुलन्द गरिरहनु भएको छ । त्यही मागलाई संस्थागत रुपमा उठान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको हो । उहाँले कसैलाई मलजल गर्न र कसैलाई खुइल्याउने उदेश्यले कार्यक्रम नह्ने बताउनु भयो ।
कार्यक्रममा नेविसङ्घ मोरङका पूर्व नेताहरू मदन संग्रौला , यदुकुमार बिष्ट, जर्नादन निरौला, ज्ञानेन्द्र ढकाल, जयराज संयोक लगायतको सहभागिता हुनेछ । यस्तै नेविसङ्घको राजनीतिबाट प्रदेश सांसद भएका केदार कार्की र सुयर्माराज राई, नगर प्रमुख र गाउँपालिका प्रमुख भएका पूर्व विद्यार्थी नेताहरू भीम पराजुली(विराटनगर महानगर),शिवप्रसाद ढकाल(सुन्दरहरैचा),रविन राई(रतुवामाई) र रोहितबहादुर कार्की (केराबारी) को समेत कार्यक्रममा उपस्थिति रहने भएको छ ।
कार्यक्रम डाइनियाँको वीपी सेवा केन्द्रमा हुनेछ ।

प्रकाशित मिति: २०२०-०१-१४ , समय : २०:५६:१८ , ४ वर्ष अगाडि