प्रदेश १ मा भोलि सार्वजनिक विदा

Enepal Patra Pvt. Ltd. , ७२३  पटक हेरिएको

बिराटनगर, २९ पुस । माघे संक्रान्ति तथा माघी पर्वको अवसर पारेर भोली बुधबार १ नं प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

प्रदेश सरकार, प्रदेश नं १ मन्त्रीपरिषदको निर्णय अनुसार भोली सार्वजनिक विदा हुने सुचना आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जारी गर्दै जानकारी गराएको हो । माघ १ गतेलाई माघे संक्रान्ति तथा विभिन्न जातजातिहरुले विभिन्न नामले चाडकोरुपमा मनाउने गरेका छन् । माघ १ गतेलाई तराईमा थारु जातिले माघी पर्वकोरुपमा भव्यरुपमा मनाउने गर्छन् भने किरातीहरुले नयाँ बर्ष यलम्बर संवत, यले सम्बतलगायतको नाममा मनाउने गर्छन् ।

प्रकाशित मिति: २०२०-०१-१४ , समय : २०:५५:२२ , ४ वर्ष अगाडि