नेकपा मोरङले जिम्मेवारी तोक्यो

Enepal Patra Pvt. Ltd. , १२८४  पटक हेरिएको

विराटनगर ,२९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मोरङ जिल्ला समितिले पूर्णता पाएको करीव ३ महिना पछि पार्टीमा जिम्मेवारी बाँडफाँड भएको छ ।
जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरूको उपस्थितिमा भएको बैठकले १६ वटा स्थानीय तहको इञ्चार्ज, १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संयोजक र सह–संयोजकसहित सदस्यहरुको नामावली टुंगो लगाएको हो ।

अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला समितिमा थप ४६ जनालाई सदस्य मनोनित गर्दै सदस्यहरुको संख्या २०७ पू¥याएको छ । नेकपाले ६९ सदस्यीय सचिवालय कमिटि गठन गरेको छ । नेकपाको जिल्ला सचिवालयमा ऋषिकेश पोखरेल, गणेश उप्रेती, रामलाल साह, बाबुराम कार्की, खेमराज भट्टराई, अजम्वर राई, अर्जुनराज अधिकारी, ओसीम आलम इरान राई, ईश्वरी आचार्य, किरण चौधरी रहनु भएको छ ।
त्यस्तै कुमारी राई, केदारप्रसाद गुरागाँई, कृष्ण लम्साल, चण्डीप्रसाद राई, जितनारायण सरदार, टेकबहादुर विष्ट, डिल्लीराम दाहाल, तिलकप्रसाद राई, दिलिप अग्रवाल, दीनानाथ तिम्सिना, धना तामाङ, धर्मानन्द संजेल, ध्रुव महत, नन्दराज गिरी, पर्शुराम बस्नेत, पर्शुराम सुवेदी, पारुल क्षेत्री, सुमन कालिकोटे, प्रकाश पौडेल, प्रेम मिभक,महेश भट्टराई , रुपेश खतिवडा, लता न्यौपाने, विवेक गौतम, ज्ञानेन्द्र सुवेदी लगायतले सचिवालय सदस्यको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै ,नेकपा मोरङले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकको जिम्मेवारी भुपाल जिमीले पाउनु भएको छ । क्षेत्र नम्बर २ को संयोजकमा प्रकाश पौडेल क्षेत्र नम्बर ३ को संयोजक खेमराज भट्टराई, नम्बर ४ को संयोजक बाबुराम कार्की, क्षेत्र नम्बर ५ को संयोजकमा धर्मानन्द सञ्जेल र क्षेत्र नम्बर ६ को संयोजकमा अजम्बर राई तोकिनु भएको छ ।
नेकपा मोरङले स्थानीय तह विभागको प्रमुखको जिम्मेवारी रामलाल साहलाई दिएको छ । त्यस्तै बुद्धिजिवि विभाग प्रमुखको जिम्मेवारी अर्जुनराज अधिकारीले पाउनु भएको छ । विद्यार्थी विभागको प्रमुखको जिम्मेवारी ओसिम आलमले पाउनु भएको छ ।

शिक्षा तथा मानव स्रोत विभाग प्रमुखको जिम्मेवारी चण्डीप्रसाद राईले पाउनु भएको छ । यस्तै पेशागत महासंघ प्रमुखमा नरमाया भट्टराई, युवा तथा खेलकुद विभाग प्रमुखमा पर्शुराम बस्नेत, सहकारी विभागको जिम्मेबारी भेषनाथ रिजालले पाउनु भएको छ । यसैगरी संगठन विभाग प्रमुखको जिम्मोवारी महेश भट्टराई, स्कुल विभाग प्रमुखको जिम्मेवारी रुपेश खतिवडाले पाउनु भएको छ ।

स्थानीय तहका इञ्चार्ज पनि तोकिए

बेलबारी नगरपालिका इञ्चार्ज – इरान राई
रंगेली नगरपालिका इञ्चार्ज – दिपिल बगडिया
लेटाङ नगरपालिका इञ्चार्ज– भुपेन्द्र लावती
पथरीशनिश्चरे नगरपालिका इञ्चार्ज– दीननाथ तिम्सिना
जहदा गाउँपालिका इञ्चार्ज – श्याम मण्डल
कटहरी गाउँपालिका इञ्चार्ज – प्रदिप साह
केरावारी गाउँपालिका इञ्चार्ज – टेकबहादुर लिम्बु
बुढीगंगा गाउँपालिका इञ्चार्ज – बलभद्र सरदार
कानेपोखरी गाउँपालिका इञ्चार्ज – राजेन्द्रप्रसाद मण्डल
धनपालथान गाउँपालिका इञ्चार्ज – श्रवण पाशवान
ग्रामथान गाउँपालिका इञ्चार्ज – गुणवती धामी
मिक्लाजुङ गाउँपालिका इञ्चार्ज – प्रेम मिभक
उर्लाबारी नगरपालिका इञ्चार्ज –मानबहादुर श्रेष्ठ
रतुवामाई नगरपालिका इञ्चार्ज – सुमन कालिकोटे
सुन्दरहरैचा नगरपालिका इञ्चार्ज – सुरेन्द्रबहादुर थापा
सुनबर्सी नगरपालिका इञ्चार्ज – गोपालबहादुर थापा

प्रकाशित मिति: २०२०-०१-१४ , समय : २०:०६:०५ , ४ वर्ष अगाडि