बचत संकलककाे मृत्यु

Enepal Patra Pvt. Ltd. , ३८३  पटक हेरिएको

सुनसरी ,२९ पुस । इटहरी– ५ स्थित जनताबस्तीमा साेमबार भएको दुर्घटनामा इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षीय सुनिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार कार्कीलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।

ठक्करपछि लडेकी कार्कीलाई ब्याक गरेर किचेका ेस्थानीयले आरोप लगाएका छन् । उनलाई उपचारको लागि विराटनगर लादैं गर्दाबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक रामधुनी नगरपालिका–४ का प्रेम बहादुर खड्कालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकाे दैनिक बचत  संकलक हुनुहुन्थाेे ।

प्रकाशित मिति: २०२०-०१-१४ , समय : १७:५०:२९ , ४ वर्ष अगाडि