संसद अधिवेसनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

ईनेपालपत्र , ३६  पटक हेरिएको

काठमाडौं, १३ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन्। ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।  सोही दिन पहिलो सम्बोधन प्रधानमन्त्री ओलीले गर्न लागेका हुन्।

उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसदमा सरकारले पेश गर्न लागिएको बिधेयक लगायत समसमायिक राजनीतिक बिषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति: २०२५-०१-२६ , समय : १४:३३:४४ , २ महिना अगाडि