मंगलबार बिहानको भूकम्प: सिगात्सेमा नौ जनाको मृत्यु, काठमाडौंसम्म महसुस

ईनेपालपत्र , २३६  पटक हेरिएको

काठमान्डाै, २३ पुस ।  मंगलबार बिहान गएको भूकम्पका कारण चीनको सिगात्से क्षेत्रको डिंग्री काउन्टीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार उक्त भूकम्पले क्षेत्रका घरहरू भत्काएको र जनधनको ठूलो क्षति पुर्‍याएको छ।

भूकम्पको केन्द्रबिन्दु सिगात्से क्षेत्रमै रहेको थियो। भूकम्पको ठूलो धक्का नेपालका विभिन्न स्थानहरूमा समेत महसुस गरिएको छ, जसमा राजधानी काठमाडौं पनि समावेश छ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो। यद्यपि, चिनियाँ सञ्चारमाध्यमहरूले यसको तीव्रता ६.८ म्याग्निच्युड रहेको जनाएका छन्।

भूकम्पबाट नेपालमा कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ।

सिगात्सेमा भूकम्पपछिको उद्धार तथा राहतकार्य तीव्र रूपमा सञ्चालन भइरहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको स्थानीय स्रोतहरूले जनाएका छन्।

प्रकाशित मिति: २०२५-०१-०७ , समय : १०:०८:०५ , ११ महिना अगाडि