ईनेपालपत्र , २६४ पटक हेरिएको
मकवानपुर, १४ मंशिर । हेटौडामा अटो दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेका छन ।
बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं।को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु हो ।
अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२४-११-२९ , समय : १३:४६:२६ , १ वर्ष अगाडि