सल्यानमा बस दुर्घटना, १८ जना घाइते, पाँचको अवस्था गम्भीर

Enepal Patra Pvt. Ltd. , ६७३  पटक हेरिएको

सल्यान २४ पुष । सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन, पाँचको अवस्था गम्भीर छ । सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ ।

 

बिहीबार बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरीगंगा न.पा छिन्चुका प्रकाश शर्मा, सुर्खेत भेरीगंगा नपा ९ जरेकोका शान्तकुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर न.पा १२ का होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे न.पा १ का अनिष बिश्वकर्मा र जाजरकोट छेडागाड न.पा ९ का भगवती उपाध्यक्ष रहेका छन्।
अन्य घाइते हुनेमा सह चालक जाजरकोट छेडागाड न.पा १ का गोपाल वड, जाजरकोट सल्माका पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का वडा सदस्य भिमबहादुर बुढाथोकी , सल्यान शारदा नगरपालिका १ श्रीनगरका भुमबहादुर बुढाथोकी ,सल्यान शारदा न.पा श्रीनगरका गौतम बुढाथोकी रहेका छन्।
यस्तै ज्वालादल गण बेश क्याम्प लमजुङकमा कार्यरत पुर्ण ब सुनार, काठमाडौंका रजनी श्रेष्ठ , काठमाडौकै अनिशा मानन्धर, सल्यान बनगाड कुपिण्डे नपा १ का सन्देश पुन , बनगाड कुपिण्डे नपा १ का गंगा बिश्वकर्मा, जाजरकोट कुसे गाउँपालिका ५ का दलबहादुर रोका, रसुवाकी मालती आचार्य, रुकुम चौरजहारी न.पा ४ का बिजय दर्लामी, रहेका छन्।
घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ। गाडीमा ६ महिला २ बच्चा र १० जना पुरुष रहेका थिए। गाडी स्पिड धेरै भएकाले ओरालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

 

प्रकाशित मिति: २०२०-०१-०९ , समय : १२:४१:३३ , ४ वर्ष अगाडि