ईनेपालपत्र संबाददाता , १३८ पटक हेरिएको

पौवादुङमा,१५ साउन । भोजपुर जिल्लाको पौवादुम्मामा रहेको बास्तिम फुटबल क्लबले आज स्वास्थ्य चौकी बास्तिम (मानेडाँडा अस्पताल) परिसरमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गर्यो।
यो कार्यक्रम सभ्यता र भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय सहभागिता देखिएको थियो।कार्यक्रममा पौवादुङमा-४ का वडा अध्यक्ष श्री रमेश राई, वडा सदस्य श्री विष्णु भट्टराई, पूर्व उपाध्यक्ष श्री सम्झना राई, र राजनीतिक दलका विभिन्न व्यक्तित्वहरू सहभागी भएका थिए। प्रहरी चौकी बास्तिम मानेडाँडाका सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी, खेलाडी साथीहरू, र संस्थाका सम्पूर्ण कर्मचारीहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाए।
बास्तिम फुटबल क्लबका प्रतिनिधिहरूले यस महत्त्वपूर्ण कार्यको आयोजना गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। विशेष गरी टन्टलापुर घाममा जलपान/पेयपदार्थको व्यवस्थापन मिलाउन सहयोग गर्ने वडा अध्यक्ष श्री रमेश राई र वडा कार्यालय परिवारलाई विशेष धन्यवाद दिइएको छ। मिठो खाजाको व्यवस्था गर्ने किरण राई र भद्राकुमारी राईलाई पनि क्लबले धन्यवाद व्यक्त गरेको छ।कार्यक्रमको अन्त्यमा, “स्वास्थ्यका लागि खेलकुद, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच” भन्ने नाराका साथ सबैले स्वास्थ्यका लागि खेलकुदको महत्त्वबारे चर्चा गरे।स्वास्थ्य चौकी बास्तिमका प्रतिनिधिहरूले समुदायको स्वास्थ्य र सरसफाइका लागि यस किसिमका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: २०२४-०७-३० , समय : १४:५१:५९ , १० महिना अगाडि