लागुऔषधमा कडा बन्दै प्रहरी

प्रशान्त निरौला , १६  पटक हेरिएको

लेटाङ, मोरङ २६ असार । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको गस्ती टोलीले शुक्रबार राती लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका(६ का ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बु रहेका छन्।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक भिमलाल ओलीको नेतृत्वमा खटिएको टोलीले मगरको घर कोठामा खानतलासी गर्दा प्लास्टिकसहित ७।४१ ग्राम र प्लास्टिक बाहेक ५।९४ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको थियो।

इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक भिम ओलीले लेटाङमा लागुऔषध सेवन र बिक्रीको दर बढेको भन्दै प्रहरीले कडा कदम चाल्न सुरु गरेको जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि गरेको यो कारबाही स्थानीय समुदायमा सकारात्मक प्रतिक्रिया ल्याएको छ। यस क्षेत्रमा लागुऔषधको समस्या समाधान गर्न प्रहरी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

प्रकाशित मिति: २०२४-०७-१० , समय : १३:०१:५७ , २ दिन अगाडि