अवैध काठसहित सामुदायिक वनका उपाध्यक्ष नै पक्राउ, अध्यक्ष सम्पर्कबिहिन

Enepal Patra Pvt. Ltd. , ५५५  पटक हेरिएको

कञ्जनपुर २३  पुष ।  सेक्टर वन कार्यालय वाणीले कञ्जनपुरको कृष्णपुर नगरपालिका–२ बाट अवैध काठसहित मंगलबार राति दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ट रहेका छन्।

वनका अध्यक्षको खोजी भइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको सेक्टर वन कार्यालयकी प्रमुख सलिना कडालले बताइन्। सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई राति २ बजे पक्राउ गरेको हो।
फर्निचर उद्योगमा राखिएको ३५ क्युविक फुट काठ बरामद गरिएको छ। बरामद काठका तीनवटा गोलियाको लम्बाई ७ फुट रहेको वन कार्यालयले जानकारी दिएको । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : १३:१३:३० , ४ वर्ष अगाडि