लेटाङ नगरपालिकाद्वारा ६० करोड ८५ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत

प्रशान्त निराैला , १२४  पटक हेरिएको

लेटाङ, १० असार । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि ६० करोड ८५ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको १५ औं नगरसभामा आज उक्त बजेट सार्वजनिक गरिएको हो।

नगरप्रमुख भुपेन्द्र कुमार लावतिको सभाध्यक्षतामा बसेको नगरसभामा नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले बजेट प्रस्तुत गर्नुभयो। बजेटमा पूर्वाधार विकास, आर्थिक विकास, वन, वातावरण, संस्थागत सुशासन, र कार्यालय सञ्चालनतर्फ खर्चको व्यवस्था गरिएको छ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटले आगामी आर्थिक वर्षमा नगरको समग्र विकास र सुशासनलाई प्राथमिकता दिने योजना रहेको बताइएको छ। विभिन्न क्षेत्रका विकास योजनाहरुको लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : २१:३६:१५ , ४ महिना अगाडि