काठमाण्डाैसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

Enepal Patra Pvt. Ltd. , ४८३  पटक हेरिएको

काठमाण्डाै – बुधबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार अहिले धुम्मिएको काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने उहाँले जानकारी दिनुभयाे ।

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँले बताउनु भयाे । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : ०७:२५:०० , ४ वर्ष अगाडि