सचेतक राईद्वारा येले सम्वतको शुभकामना

Enepal Patra Pvt. Ltd. , १५४६  पटक हेरिएको

विराटनगर , १ माघ । प्रदेश नं. १ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले किरात धर्मावलम्बीहरूको नयाँ वर्ष येले सम्वत ५०८० को, थारु समूदायको सबैभन्दा ठूलो पर्व माघी र मगर समूदायको नयाँ वर्ष ५०१४को अवसरमा शुभकामना दिनु भएको छ ।
सांसद राईले  संसारभर रहेका किरात, थारु समूदाय र मगर समूदायको नयाँ वर्ष को अवसरमा शुभकामना  दिनुहुँदै , यो विशेष दिनमा सबै समूदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा  शुभकामना प्रकट गर्नु भएको छ ।  शुभकामना सन्देश दिँदै सचेतक राईले नयाँ वर्षले नेपाली नेपाली बीच बन्धुत्वको विकास गरी एकले अर्को समूदायलाई सम्मान गर्ने वातावरण सृजना गर्न सकोस भन्नुभएको छ । एक समूदायको नयाँ वर्ष अर्को समूदायले पनि उत्तिकै महत्वका साथ मनाउने नेपाली परम्परा संसार मै उदाहरणीय रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले हिन्दूधर्मावलम्बीहरूले आज कै दिनलाई माघे सक्रान्तिका रुपमा मान्ने चलन रहेकोले यो पर्व सबै समूदायका लागि उत्तिकै महत्वको रहेको बताउनु भएको छ ।
हरेक जात, धर्मले आफ्नो संस्कृति र संस्कार र परम्परा बचाएर राख्न सके मात्र जातीय तथा धार्मिक पहिचान जोगिने राईको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: २०२०-०१-१५ , समय : ०५:००:३५ , ४ वर्ष अगाडि