छोरीको हत्यापछि जलाएको आरोपमा आमा पक्राउ

Enepal Patra Pvt. Ltd. , ८४४  पटक हेरिएको

काठमाडौं  २२ पुस । छोरी हत्या गरि जलाएको आरोपमा प्रहरीले आमासहित चार जनालाई पक्राउ गरेको छ । १५ बर्षकी छोरी पुनिता कुमारीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले आमा शिवकली देवीसहित चार जानालाई पक्राउ गरेको हो । घटनापछि मृतकका बुबा बिरेन्द्र महतो तत्वा भने फरार रहेका छन् ।

पौष २१ गते साँझ ६ बजे पर्सा पोखरिया नगरपालिका वडा नं ९ शिवबर्वा बस्ने बिरेन्द्र महतो तत्वाको छोरी पुनिता कुमारीलाई हत्यार गरि घरबाट २ किलोमिटर उत्तर तर्फ खोला नजिकै गाडेको भन्ने सूचना प्रहरीले प्रप्त गरेको थियो ।

पर्सा प्रहरी कार्यालय तथा ईप्रका पोखरिया पर्साबाट खटिएको प्रहरी टोलि घट्नास्थल पुग्दा मृतक लाश जलाएको अवस्थामा शरिरको आंशिक भागहरु फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल लाशजाँच मुचुल्का गरि प्रहरीले आमा पुनिता कुमारीसहित ३९ बर्षिय राजेन्द्र महतो तत्वा, २८ बर्षिय संतोष महतो तत्वा र १९ बर्षका बोध भन्ने जितेन्द्र यादवलाई पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०१-०७ , समय : १८:०६:२५ , ६ वर्ष अगाडि