अवैध हुण्डी कारोबारीबाट ९२ लाख बरामद

केशवराज पौडेल , ६५६  पटक हेरिएको

काठमाडौं, पुस २२ गते । महानगरीय अपराध महाशाखाले हट्सप वुई च्याट मार्फत अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भैरहेको सूचनाको आधारमा महाशाखाको टोलीले सोमबार साँझ चार जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुवाट नगद, चेक रकम,विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वी च्याट मार्फत अवैध हुण्डीको कारोबार सहितको विवरण बरामद गरि चार जनालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले काठमाडौं–२४ इन्द्रचोक इ–जोन पसलको सेल्फ स्टाफ गोपाल अग्रवाल, ई जोन पसलका कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका ३१ बर्षका भोला नेपाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार बरामद गरेको हो । काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका संचालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद गरेको बताउनुभयो । सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैक रकम ७८ लाख ९९ हजार गरि ९२ लाख ५१ हजार बरामद गरेको बताउनुभयो । पक्राउ परेका चार जनाको अनुशन्धान सुरु भैसकेको र थप कारवाहीका लागि राजस्व तथा अनुशन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको एसएसपी थापाले बताउनुभयो ।

लुकाएर ल्याएको सुन र हिरा सहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन र २ सय २२ ग्राम हिरा सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु राहदानी नम्बर जेट ५४४७४९५ वाहक तमिलनाडुका ःइज्ब्ःभ्म् ःथ्म्भ्भ्ल् क्ब्त्ज्ब्त् र राहदानी नम्बर एल ८३०८१८७ वाहक नेलीकुथ केरला बस्ने प्इत्त्ब्प्प्ग्त्ज् प्क्ष्श्ज्ब्प्प्भ्त्ज्क्ष्ी रहेका छन् । नेपाल एयरलाईन्सको उडानद्वारा मलेसियाबाट नेपाल आएका क्ब्त्ज्ब्त् लाई २ सय २२ ग्राम हिरा र फ्लाई दुवईको उडानद्बारा नेपाल आएका प्क्ष्श्ज्ब्प्प्भ्त्ज्क्ष्ी लाई ५ सय ग्राम सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने समातिए

कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका–४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् । उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेशिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके ईण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०१-०७ , समय : १२:३२:०३ , ४ वर्ष अगाडि