नमुना सामुदायिक बनद्धारा झुल वितरण, सौन्दर्यकला तालिमको समेत उद्घाटन

इनेपालपत्र , ६३  पटक हेरिएको

लेटाङ, २८ बैशाख । नमुना सामुदायिक बन उपभोक्ता समुह लेटाङले आफ्ना उपभोक्ता मध्येका १०७ जनालाई लामखुट्टेको टोकाई वाट बचाउन भन्दै झुल वितरण गरेको छ ।
आज संस्थाको कार्यलय प्राङगण लेटाङ ३ मा भएको झुल वितरण कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती प्रमुख अतिथी रहनुभएको थियो भने ३ नं. वडाका वडा अध्यक्ष डम्बर राई,फेकोफोन काेशिकी महासचिव रेनुका दाहाल, सव डिभिजन लेटाङका प्रमुख सत्यनारायण झा, फेकोफोनका सचिवालय सदस्य अग्नी पौडल,फेकोफोन लेटाङका अध्यक्ष आनन्दसागर तिम्सिना लगायत अतिथी रहनुभएको थियो ।
कार्यक्रममा सौन्दर्यकला ब्यवसायको आधारभुत तालिममको समेत उद्घाटन गरिएको छ । उक्त सामुदायिक बनको आर्थिक सहयोगमा १६ जना उपभोक्ता मध्ये छनौटमा परेका सहभागिलाई तालिम दिईने छ । सौन्दर्यकला व्यवसायमा आवद्ध गराई स्वरोजगार वनाउने उदेश्यले आयोजना गरिएको तालिममा लेटाङका ३ वटा सौन्दर्यकला व्यवसायीहरुले सिप सिकाउनेछन् । जसमा दर्पण व्युटिपार्लर, सायरा ब्युटिपार्लर र सुस्मा ब्युटिपार्लर रहेका छन् ।
नमुना सामुदायिक बन लेटाङको उत्कृष्ट सामुदायिक बनको रुपमा रहेको छ भने यस वनले सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ । बनको आर्थिक स्रोत समेत दर्विलो रहेको छ ।

प्रकाशित मिति: २०२४-०५-१० , समय : १६:०९:११ , १ हप्ता अगाडि