लेटाङको कार्तिकेमा अपरिचित ब्यक्तिको शव फेला

इनेपालपत्र , ८०  पटक हेरिएको

लेटाङ, ५ बैशाख । मोरङको लेटाङ नगरपालिका वडा नं. १ कार्तिके भन्ने ठाउँका जंगलमा एक अपरिचित ब्यक्तीको सव फेला परेको छ । आज विहान स्थानिय मानिसहरु सुंगुरको चारो खोज्न जंगल जादाँ शव देखेपछि प्रहरीलाई खवर गरेको थिए ।
अन्दाजी ४५—५० बर्षको जस्तो देखिने जिन्स पेन्ट र जुत्ता लगाएको देखिन्छ भने माथिल्लो भागमा लुगा नभएको वताईएको छ ।
शवलाई हाल पोस्ट मार्टमका लागि उर्लावारी स्थित मदन भण्डारी ट्रमा सेन्टरमा लगिने तयारी गरिएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक भिम ओलीले जानकारी दिनुभयो ।
कोही आफन्त हराएको भए ईलाका प्रहरी कार्यालय लेटाङमा सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०२४-०४-१७ , समय : १२:१४:२६ , २ हप्ता अगाडि