श्रीमतिको हत्या गरि आत्महत्या

इनेपालपत्र , २०३  पटक हेरिएको

बेलवारी ,७ चैत । बेलवारीमा आफ्नी श्रीमतीकाे हत्या गरि एक पूरुषले आफुले समेत आत्महत्या गरेका छन् ।  बुधबार करिब बिहान १ : ४० बजेको समयमा मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोलकी निर्मला राईको घरमा बिगत ४ बर्ष देखी भाडामा बस्दै आएका बर्ष अन्दाजी ६० वर्षका बम बहादुर लिम्बु र उनकी श्रमती अन्दाजी ४५  बर्षकी गिता लिम्बु बीच  बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरीएको प्रारम्भिक अनुसन्धान बाट खुलेकाे  छ।

महिलालाई घाईते बनाएको भनि बिहान ०१ : ५० बजे ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी पाउन साथ ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वमा टोली घट्ना स्थलतर्फ बुझ्दा निज महिलाको मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।
घटना स्थल सुरक्षित राखेको, उक्त घटना घटाउने बम बहादुर लिम्बुले सोहि दाउले आफ्नो घाटिमा रेटि घाईते भई गम्भिर अबस्थामा रहेकोले तत्काल उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर तर्फ लगीगएको थियो। लिम्बुको अबस्था घाँटिमा गहिरो चोट तत्काल बोल्न नसक्ने गम्भिर, उक्त घटना स्थलमा दाउ, मार्तड समेत फेला परेका, उक्त घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनास्थल ईप्रका बेलबारी बाट अन्दाजी १ किमि उत्तरमा रहेको बुझिएको छ।

घाईते  लिम्बुलाई नोबेल अस्पताल बिराटनगर पुऱ्याउनसाथ चिकित्सकले  आज बिहान ०३:२० बजे मृत घोषणा  गरेका थिए ।  लिम्बुकाे शव कोशि अस्पताल बिराटनगर तर्फ पठाएको ईलाका प्रहरी बेलबारीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-२० , समय : ०८:५९:२२ , १ वर्ष अगाडि