खोला उत्खननमा स्थानिय द्धारा रोक, पहिलो दिनमै लाग्यो ब्यवसायिलाई झट्का

इनेपालपत्र , ४३२  पटक हेरिएको

लेटाङ, ३० फागुन । ढुङगा गिटी उत्खनन गर्ने क्रममा लेटाङ ९ जाँते स्थित तेली खोलामा स्थानियले अवरोध गरेका छन् । लामो समय देखि खोलाहरुमा सिमित ब्यक्तीहरुले जथाभावि खोला उत्खनन गरिरहेको तर कुलो पैनीको लागि ब्यवसायीले सधै बाधा पारेको भन्दै अहिले स्थानिय प्रतिकारमा उत्रिएका हुन् ।
स्थानिय वासीले खोला छेउछाउमा कुलो पैनी चल्न छाडेको, पानीको मुहान सुक्दै गएको र पर्यावरणमा ठुलो असर गरेको भन्दै खोला खन्न नदिने अडान राख्दै आएका छन् । स्थानियले खोलावाट आम्दानी भएको रकम खोलामै लगाउनुपर्नेमा समेत जोड दिदै आएका छन् । खोलामा राम्रो संग बाध बाध्न नसक्दा र मापदण्ड भन्दा बढि उत्खनन गर्दा बर्षेनी आउने खोलाले ठुलो क्षती गर्ने गरेका स्थानिय बताउछन् । अवैध खोला उत्खननका कारण अरवौको कृषि योग्य जमिन बगरमा परिणत भईसकेको छ भने लेटाङ ३ कमलपुर र लेटाङ २ किर्तिमान तथा बुधवारे फडानी क्षेत्र समेत उच्च जोखिममा रहेको छ ।
चिसाङ खोलामा समेत समेत बर्षेनी खोलाले समस्या दिईरहेको छ । तर त्यहाँ मापदण्ड विपरित बर्षेनी क्रशर उद्योग थपिरहेका छन् । यहाँ बर्षेनी मापदण्ड विपरित खोला खन्ने कार्य हुने गरेको स्थानियको भनाई छ । हाल चिसाङ खोलामा ४ वटा क्रशर उद्योग संचालनमा छन् । नियमानुसार लेटाङमा ४ वटै क्रशरहरु अवैध छन् । यो क्षेत्र चुरे क्षेत्र पर्दछ भने वरीपरि वनजंगल रहेको छ । यस्तो ठाउँमा क्रशर उद्योग खोलिनु कानुनत अबैध हो ।
लेटाङमा खोलामा अवैध उत्खननका कारण सधै विवाद हुने गरेको छ । यहाँ खोला अवैध उत्खखन वाट चुरे क्षेत्रमा समेत ठुलो क्षती र असर पुग्दै आएको छ । हालका गृहमन्त्री रवि लामिछानेले समेत केही बर्ष अघि टेलिभिजन कार्यक्रम मार्फत यहाँको खोला दोहनका विषयमा रिपोटिङ गरेका थिए । उनले क्रशर उद्योगले लेटाङ र आसपासमा पुर्याएको नकारात्मक असरका बारेमा खरो रुपमा वोलेका थिए । हाल उनि समेत यस विषयमा मौन देखिएका छन् ।
लेटाङ नरगपालिकाले हालै मात्र खोलाको ठेक्का बन्दोबस्त गरि पाथिभर केरियर प्रालिले जिम्मा पाएको थियोे । जम्मा डेढलाख घनमिटर ठेक्का बन्दोबस्त गरिएको र ६ करोड ५ लाख रुपैयामा नगरपालिकासंग सम्झौता भएको हो । उक्त रकम मध्ये ६० प्रतिशत नगरपालिकाले राख्छ भने ४० प्रतिशत प्रदेश र संघिय सरकारलाई जाने ब्यवस्था छ ।

प्रकाशित मिति: २०२४-०३-१३ , समय : १९:०२:५८ , १ वर्ष अगाडि