ईनेपालपत्र संबाददाता , ६८० पटक हेरिएको

दिपेश रोक्का
कानेपोखरी , ३० फाल्गुन । मोरङको कानेपोखरी ७ मा रहेको श्री पपुलर बोर्डिङ स्कुलको ११ औ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलले वार्षिकोत्सबको अवसरमा बुधबार विभिन्न सांस्कृतिक कार्यक्रम गरि तथा अभिभावक बिच खेलकुद कार्यक्रम गरि मनाएको स्कुलको प्रीन्सिपल गोबिन्द दाहालले बताउनु भयो ।पपुलर बोर्डिङ स्कुलका डाइरेक्टर चुडामणि बस्नेत ज्युले यश विधालयलाई कानेपोखरी गाउँ पालिका भरिकै नमुना स्तरीय विधालय बनाउनको लागि काम भैरहेको बताउनु भयो । भौतिक संरचनालाई स्तरिकरण गरि उदाहरणिय विधालय बनाउने ध्येयको साथ काम भैरहेको स्कुलको डाइरेक्टर बस्नेतले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समाजसेवी काशीनाथ दाहालले स्कुलको शैक्षिक गुणस्तर उकासनको लागि स्थानीय सरकार संग महत्त्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । स्थानीय सरकार संग निजि विधालयहरुको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे भुमिका खेल्ने समाजसेवी खनालले बताउनु भयो ।
कार्यक्रममा विधार्थीहरुले कविता , नृत्य , गायन तथा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विधालयले उत्कृष्ट विधार्थीहरुलाई सम्मान समेत गरेको थियो । विधालयले अभिभावकको लागि म्युजिक चेयर , हुन्डी फुठाई गेम समेत राखेको थियो ।स्कुलले पुर्व विधार्थीहरुलाई सम्मान गरेको थियो। कार्यक्रमको शुभकामना मन्तव्य कानेपोखरी ७ का वडा सदस्य रुबिना ताम्राकारले राख्नु भएको थियो । सो कार्यक्रममा समाजसेवी , जनप्रतिनिधि , पत्रकार , राजनीति दलका ब्याक्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति निर्देशक जित बहादुर लिम्बू रहनु भएको थियो । कार्यक्रमको संचालन स्कुलको प्रीन्सीपल गोबिन्द दाहालले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०३-१३ , समय : १६:३७:२१ , १ वर्ष अगाडि