लेटाङ नगरपालिकाले भोलि सार्वजनिक सुनुवाई गर्ने, नगरको कामको समिक्षा गरिने

इनेपालपत्र , २२१  पटक हेरिएको

लेटाङ, २३ फागुन । लेटाङ नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । सामान्यतया ४ महिनामा एक पटक गर्नुपर्ने सार्वजनिक सुनुवाई ८ महिना पछि गरिन लागिएको हो । नगरपालिकाले २४ गते विहान १० बजे देखि लेटाङ ८ जाँते स्थीत खानेपानी कार्यालयको प्राङगणमा कार्यक्रम गर्न लागेको छ ।

सार्वजनिक निकायले गर्ने काम कारबाहीका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सरोकारवाला निकायहरूबीच हुने प्रत्यक्ष अन्तरक्रियालाई सार्वजनिक सुनुवाइ भनिन्छ । सरोकारवाला र सार्वजनिक पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक स्थलमा छलफल तथा प्रश्नोत्तरको माध्यमबाट सार्वजनिक सुनुवाइ गरिन्छ । सार्वजनिक सुनुवाइलाई नागरिकको सूचनाको हकको प्रवर्द्धन गर्ने माध्यमको रूपमा लिइन्छ भने सार्वजनिक सुनुवाइले सुशासनको मान्यतालाई आत्मसात् गरेको हुन्छ ।

सार्वजनिक सुनुवाइ जनताको अदातल हो । यसवाट जनताले सार्वजनिक निकायमाथि प्रश्न गर्ने गर्छन र सार्वजनिक पदाधिकारीले यसको जवाफ दिन्छन् ।

लेटाङ नगरपालिकामा यो आर्थिक बर्षको अशोज महिनामा गरिनुपर्ने सार्वजनिक सुनुवाई ८ महिना पछि गर्न लागेको हो । जनताका प्रश्नहरुले उठाएका आवाजको जवाफ नगरका पदाधिकारीहरुले दिनेछन् ।

प्रकाशित मिति: २०२४-०३-०६ , समय : १२:५३:३९ , १ वर्ष अगाडि