पत्रकार काफ्ले र न्यौपाने घाइते

Enepal Patra Pvt. Ltd. , १४४९  पटक हेरिएको

कानेपोखरी (मोरङ), १८ पुस । मोरङका दुई पत्रकार मोटरसाइकल दुर्घटनामा पर्नु भएको छ ।
शुक्रबार मोरङको कानेपोखरी– ६ रमाइलोबाट रिपोर्टिङ सकेर फर्कने क्रममा कानेपोखरी –रंङ्गेली सडकको बरगाछी खण्डमा एभिन्युज टिभीका पथरी सम्वाददाता गोपाल काफ्ले र रेडियो सिम्रिकका समाचार प्रमुख विवेक न्यौपाने दुर्घटना पर्नु भएको हो । दुर्घटनामा पर्नु भएका काफ्लेको घुँडामा गहिरो चोट लागेको छ भने न्यौपानेको अवस्था सामान्य छ ।
अघि–अघि गुडिरहेको को २ च ३४४६ नम्बरको भ्यानका चालकले आकस्मिक रुपमा सडकको बीचमा गाडी रोकिदिँदा न्यौपानेले चलाएको को २२ प २०९ नम्बरको मोटरसाइकल गाडीसँग ठोक्किन नदिने प्रयास गर्दा दुर्घटना भएको हो । सँगै रहनु भएका अर्का पत्रकार भीमराज अधिकारीले भन्नुभयो – चालकले मोटरसाइकल सडक किनारमा लगेर नरोकेको भए मानवीय क्षति हुनसक्थ्यो । अधिकारीले घाइते काफ्ले र न्यौपानेलाई पथरीको मोरङ हस्पिटल प्रालिमा उपचार गराइरहेको बताउनु भयो ।
पत्रकार टोली रमाइलोमा भएको नेपाल रेडक्रस सोसाइटी बयरवन उपशाखाको साधारण सभाको रिपोर्टिङ सकेर फर्कदै थियो ।

प्रकाशित मिति: २०२०-०१-०३ , समय : १९:४६:१७ , ४ वर्ष अगाडि