प्रशान्त निराैला , २०९ पटक हेरिएको
लेटाङ, ९ मंसिर । केहि दिन अघि देखि झापा हुदै मोरङ प्रबेश गरेका हात्तिका कारण जनजिवन प्रभावित हुन थालेको छ । मोरङको मिक्लाजुङ, लेटाङ बेलबारी , केराबारी लगायतका ठाउँमा हात्तिको बथान देखिएका छन । गएराती मोरङको बेलबारीबाट करिब २०-२२ वटा हात्तिका बथान पुर्वपश्चिम राजमार्ग उत्तर तर्फ बस्नेत धार्मिक बनको बाटो हुँदै लगभग सबै हात्तीहरु पुन जङ्गल तर्फ लागेका छन् ।
हात्तिहरु बेलबारीको गाउँ प्रबेश गरेपछी विभिन्न संभाबित घटना हुन नदिनका लागि रातभरी स्थानिय बासी, समुदायका महानुभाबहरु,इप्रका बेलवारीका प्रहरी कर्मचारी,बेलवारी नगरपालिकाका कर्मचारीहरु ,सेक्टर बनका कार्यालयका कर्मचारीले पहरा दिएको थिए ।
अझै पनि हात्तिबाट हुने संभावित जोखिम उत्तरी मोरङमा छ । हात्तिले ऐले कृषलहरुको कृषि बालिमा क्षती गरिरहेको समेत छ । यसबाट हुने जोखिम रोक्नका लागि सरकारले विशेष पहलकदमी गर्न जरुरी समेत छ ।
फोटो- Rabin T. Magar
प्रकाशित मिति: २०२३-११-२५ , समय : ०६:४३:३० , १२ महिना अगाडि