नमुनाको २३ औ साधारण सभा सम्पन्न, पब्लिक कम्पनी स्थापना गर्ने योजना

हाम्रो समाचारदाता , २४९  पटक हेरिएको

लेटाङ, २६ अशोज । नमुना सामुदायिक बन उपभोक्ता समुह लेटाङ ३ ले आफ्नो २३ औ बार्र्षिक साधारण सभा सम्पन्न भएको छ । आज सामुदायिक बनको सभाहलमा सम्पन्न कार्यक्रममा आर्थिक बर्ष ८०/८१ को प्रगती प्रतिवेदन तथा नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन पारित गरेको छ । काठ तथा दाउरा संकलनको माग गर्ने,विगतमा पुनरोत्पादन कटान भएको कुपहरुमा पुनरोत्पादन अभिबृद्धिका क्रियाकलापहरु संचालन, बार्षिक कार्यक्रममा पर्यापर्यटन र उद्यम संचालन गर्न पव्लिक कम्पनी स्थापना गर्न कार्यसमितिलाई अधिकार प्रत्योजनको समेत निर्णय भएको छ ।
कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावती प्रमुख अतिथी हुनुहुन्थ्यो ।

प्रमुख अतिथी लावतीले सामुदायिक बनले गरिरहेका सामाजिक कामहरुमा साझेदारी गर्दै जाने बताउनुभयो ।उहाँले सामुदायिक बनले समुदायमा ल्याएको सकारात्मक परिवर्तको प्रसंसा गर्दै अझै सामुदायिक बनले नगरपालिका संग हात्तेमालो गर्दै अगाडी बढ्नका लागि शुभकामना ब्यक्त गर्नुभयो ।

वडा नं. ३ का अध्यक्ष डम्बरवहादुर राईले स्वास्थ्य विमाको कार्यक्रममा सामुदायिक बनले खेलिरहेको भुमिका प्रसंसनीय भएको र सवै टोलाको विपन्न समुदायलाई समेट्न आवश्यक रहेको औल्याउनुभयो । वडा कार्यालय सामुदायिक बन संग सहकार्य गरेर काम गरिहेको बताउनुभयो ।

सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रीय उपमहासचिव सिता श्रेष्ठले सामुदायिक बनले पर्यावरण, समुदाय र राज्यका लागि ठुलो काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ कोशि प्रदेश सदस्य अग्नी पौडेल,सामुदायिक उपभोक्ता उपभोक्ता महासंघ मोरङ सचिब इन्दु चौधरी, सामुदायिक बन अभियान्ता शुभद्रा भट्टराई लगायत हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष भिम देवानको अध्यक्षतामा भएको कार्यक्रम सचिव उर्मिला श्रेष्ठले संचालन गर्नुभएको छ ।

प्रकाशित मिति: २०२३-१०-१३ , समय : २२:१८:२२ , २ वर्ष अगाडि