हाम्रो समाचारदाता , २४२ पटक हेरिएको

लेटाङ २६ असोज । प्रतिनिधीसभा मोरङ् क्षेत्र नम्बर १ का सांसद एवम् नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मातृशोक परेको छ ।
लेटाङ् ६ गुवाबारी निवासी लिम्बुकी आमा हंसनुमा लिम्बू को १०१ वर्षको उमेरमा निधन भएको हो । उहाँको शुक्रबार बिहान ५ बजे आफ्नै घरमा निधन भएको हो ।
पार्थिव शरिरलाई धार्मीक संस्कारअनुसार दिउँसो १ बजे लेटाङ् घाटमा अन्तिम संस्कार गरिने पारिबारिक श्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१०-१३ , समय : ०८:४१:४७ , २ वर्ष अगाडि