नयाँ गोरेटोको साधारण सभा , श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन

ईनेपालपत्र , ३३८  पटक हेरिएको

लेटाङ, १० अशोज । नयाँ गोरेटो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न गरेको छ । विहिवार जनसेवा सामुदायिक बनको सभाहलमा उक्त सहकारीले नयाँ नेतृत्व चुन्दै सभा सम्पन्न गरेको हो ।

साधारण सभाले आर्थिक बर्ष ७९÷८० को प्रगती र चालु आर्थिक बर्ष ८०÷८१ को निति कार्यक्रम अनुमोदन गरेको छ । संस्थाको ७९÷८० को लेखा प्रतिवेदन अनुमोदन ,लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोकिएको छ । संस्थाको विनियम पुर्नलेखन संसोधन विनियम २०८० अनुमोदन भएको छ । साधारण सभाले शेयर लाभांन्श तथा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण गरेको छ । संस्थाले बार्षिक साधारण सभाका निर्णय प्रमाणित गर्नका लागि छनौट समिति समेत बनाएको छ ।

सहकारीले उत्तम श्रेष्ठको नेतृत्वमा नयाँ संचालक समिति समेत छनौट गरेको छ । समितिको उपाध्यक्षमा भिम देवान, सचिवमा भिमा ढकाल,सहसचिवमा दुर्गा गौतम ,कोषाध्यक्ष्यमा उपेन्द्र खड्का चयन हुनुभएको छ । समितिको सदस्यहरुमा गणेश कुमार श्रेष्ठ,रिम कुमार तामाङ,लक्ष्मी तामाङ,भिम बहादुर सिंगक,दुर्गा मायाँ मगर, विनोद प्रसाद हुमगाँई रहनुभएको छ । लेखा सुपरिवेक्षण समितिमा तेजकुमार कार्की, सदस्यहरुमा संगीता श्रेष्ठ र भुपेन्द्र थापा चयन हुनुभएको छ । समिति सर्वसम्मत रुपमा चयन भएको हो ।

२०७० सालमा २५ जना लेटाङका स्थानिय सहकारी अभियान्ताहरुले सुरु गरेको सहकारीमा हाल ७७१ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : १९:४०:२९ , २ वर्ष अगाडि