ईनेपालपत्र , २६१ पटक हेरिएको
लेटाङ, २९ भदौ । लेटाङका निजी फार्मेसीहरुहरु अहिले बन्द छन् । तर विरनमा रहेको लेटाङ नगर अस्पतालको फार्मेसी खुल्ला छ । मानिसहरु नियमित औषधी खानुपर्ने हुन्छ । सुगर प्रेसर लगायत अधिकांश औषधीहरु लेटाङ अस्पतालको फार्मेसीमा सुलभ रुपमा पाईन्छ ।
विरनमा रहेको अस्पतालमा डाक्टरहरु विरामीका लागि सेवा प्रदान गरिरहेका छन् । यस अस्पतालले १५ शैयाको ईमेरजेन्सी सेवा समेत सुरु गरेको छ । यहाँ दैनिक ठुलो संख्यामा विरामीहरु आएर सेवा लिईरहेको छन् । विमा गरेको छ भने अधिकांश औषधी निशुल्क समेत पाईन्छ । विमा गरेको छैन भने पनि अस्पतालको फार्मेसीले शुलम मुल्यमा औषधी विक्रि गर्दछ ।
औषधीका लागि बाहिर भौतारिनी पर्ने अवस्था नरहेको नगर अस्पतालको फार्मेसीका कर्मचारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: २०२३-०९-१५ , समय : १६:५३:१२ , १ वर्ष अगाडि