सन नेपाल लाइफको आईपीओ बाँडफाँट हुने

ईनेपालपत्र समाचारदाता , १९८  पटक हेरिएको

काठमान्डौ १० भदौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ अर्को साता भित्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका अनुसार डाटा भेरिफाइ लगायतका काम भइरहेको हुदाँ अर्का साता मात्र बाँडफाँट हुने जनाएको छ । प्रिअलटमेन्ट समेत अर्का साता गर्ने तयारी रहेको जनाएको छ ।

आईपीओमा ८ लाख ९ हजार ७४४ जनाको हात रित्तो हुने देखिएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । ती आवेदकहरूबाट ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७०० रुपैयाँ रकम सङ्कलन भएको छ ।

कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ७ लाख ६८ हजारले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।

साथै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।

कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : ०६:२९:१८ , ८ महिना अगाडि