उज्ज्वल भविष्य बाल क्लबका सचीव उपेन्द्र पौडेल सानै उमेरमा समाजसेवी बन्दै

दिपेश सार्की (राेका) , १८२  पटक हेरिएको

कानेपोखरी, २ भदौ । आजको दिनमा मानिस निकै मतलबी बनिरहेको छन । आफ्ना सुख , सुबिधा र एैस आरामको उपभोगका लागि मानिस जुनसुकै काम गर्न पछाडी पर्दैन । धन सम्पत्ति र पद प्रतिष्ठा आर्जन गर्नैकै लागि मानिसहरु भागदौड गरिरहेका छन कतिपय मानिस त विशुद्ध आफ्नो स्वार्थपुर्ति लागि विभिन्न आपराधिक कार्यमा समेत संलङ हुने गरेका पछिल्ला घटनाक्रमहरु देखापरिरहेका छन ।
यी सबै परिश्यबाट अलग रहेर वर्तमान समाजमा अपवादको रुपमा स्थापित हुँदै गरिब दुखीहरुका समस्यामा साथ दिने अदियमान समाजसेवि हुन उपेन्द्र पौडेल । सानै उमेरदेखि समाजसेवाका कार्यमा संलङ हुँदै आएका उनले कसैको समस्या देखियोकी कसरी सहयोग गर्ने भन्न्ने कुरामा उनको मन पिरलिन्छ ।

मोरङको कानेपोखरीमा औषधि उपचार गर्नको लागि आर्थिक स्थिति कम भएका विरामीहरुलाई उनले आर्थिक सहयोग गरेका छन । केही समय अघि क्यान्सर रोग संग लडिरहेका बिरामीलाई आर्थिक रकम सहयोग गरेका थिए ।कानेपोखरी बासीहरुको आशाको किरण समेत बन्न्न पुगेका छन । समाजरुपान्तरण , समाजमा रहेका स साना कुराहरुलाई कसरी हल गर्नु सकिन्छ भन्न्ने कुरामा उनको ध्यान जान्छ । समाज परिवर्तनको लागि विभिन्न श्रमदान ,सरसफाइ कार्यक्रमहरु , स्कुलमा गएर बालबालिकाहरुलाई कपि पेन्सिल हरु समेत वितरण गरिसकेका छन । यति सानो उमेर धेरै प्रगती गरिसकेका छन ।

स्थानीय सरकारको ध्यान नपुगेका ठाउँहरु, जहाँको मानिसहरुलाई सहयोगको जरुरत परेको हुन्छ त्यस्ता ठाउँहरुमा सहयोग गर्ने उदेश्य उपेन्द्र पौडेलको रहेको छ । आफ्नै समस्या संग जुध्न बाध्य वर्तमान परिवेशमा व्यतिगत समस्यबाट माथी उठेर समाजसेवामा आफुलाइ समर्पित गर्ने उपेन्द्र पौडेल जस्ता व्यत्तीतब समाजको लागि प्रेरणाको श्रोत बन्न्न सक्छन।

प्रकाशित मिति: २०२३-०८-१९ , समय : ०८:५७:०९ , १ वर्ष अगाडि