लभ स्टोरी फिल्म खेल्न रुचाउने पुजा अहिले एक्सन फिल्म खेल्दै

ईनेपालपत्र समाचारदाता , ३९२  पटक हेरिएको

काठमान्डौ ३२ साउन  । लभ स्टोरी फिल्ममा सिमित राख्ने नायिका पुजा शर्मा यतिबेला आफ्नो कन्फोर्ट जोन भन्दा बाहिर हटेर एक्सन चलचित्र गरिरहनु भएको छ। केही समय ऐक्सन सिकेर पुजा यति बेला क्लाइमेक्स सुटिङ्ग गरिरहनु भएको छ । काठमाडौको नेकपामा तयार पारिएको सेटमा चलचित्र एक्सन दृश्यको सुटिङ भैरहेको छ ।

ल्काइमेक्स दृश्यना पुजा एक्सन लेडिको रुपमा देखिरहनु भएको छ । चलचित्र निर्माण टिमले चलचित्रको सुटिङ्ग सेटबाट सार्वजनिक गरेको तस्बिरमा एङ्ग्री लुक्समा पुजा देखीनुभएको छ । पुजाले दुई हातमा बन्चरो लिएर प्रस्तुत हुनु भएको छ । पुजाको नया लुक्सले दर्शकको मनमा कतुहलता पक्कै पैदा गरेको छ । श्री श्रेष्ठले चलचित्रको एक्सन निर्देशन गरिरहनु भएको छ । एक्सन लभस्टोरी चलचित्रमा पुजासंग डेब्यु नायक कुन्साङ्ग बोम्जोम मुख्य भुमिका रहेको छ।

रुपेश थापाको निर्देशनमा चलचित्र निर्माण भैरहेको छ । चलचित्रको टिजर चाडै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । अनुप गदाल र देव मगरले निर्माता रहेको चलचित्रमा कमला लिम्बू र गोकुल सुवेदी सह – निर्माताको रुपमा रहनु भएको छ । हरि लामाको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगित कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रको छायांकन हरि लामाले गर्नु भएको छ भने संजोग रानाको पटककथा तथा संवाद , अर्जुन पोखरेलको संगित , कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति: २०२३-०८-१७ , समय : १६:१३:४९ , ९ महिना अगाडि